देश

प्रतिपक्ष मात्र होइन, स्थानीय तह र प्रदेश सरकारमा अझै पनि हाम्रो नै बहुमतको सरकार छ : ओली

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको भनाइ व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले बिहिबार गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको भन्दै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

ओलीले भने ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत रहेको छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ’।

उनले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे ।

कमेन्टहरु