लुम्बिनी प्रदेशसभा बैठक ७ गतेसम्म स्थगित

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह ०१:०५ बजे

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक भदौ ७ गते सम्मका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबा स्थगित गरिएको हो।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशनअनुसार भदौ ७ गतेको दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि नवौं अधिवेशनको पहिलो र दोश्रो दिन विपक्षी दल एमालेका सांसदहरुले लगातार अवरोध गरेका थिए । आज बस्ने भनिएको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको सूचनामा उल्लेख छ ।






















