देश

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
`प्रचण्ड´ र नवगठित एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । नेता नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो ।

सो भेटवार्तामा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । नयाँ दल दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

कमेन्टहरु