देश

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य स्थितिमा जटिल समस्या, मुम्बईको हिन्दुजा अस्पतालमा उपचार हुँदै

जगत ठाडा मगर
२०७८ भदौ ३ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या देखिएको छ । घाँटीमा देखिएको समस्याको उपचारका लागि उनी अहिले भारतको मुम्बइ गएका छन् ।

मुम्बईमा रहेको हिन्दुजा अस्पतालमा गिरीको उपचार भइरहेको छ । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ । एक साता अघि स्वास्थ्यमा समस्या देखिएपछि गिरी उपचारका लागि मुम्बई गएका हुन् ।

उनको स्वास्थ्यमा झन जटिलता देखिएको जानकारी पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार गिरीलाई भेट्न मुम्बई जाँदैछन् । जनकपुरमा रहेका निधि आज बिहीबार भारतको दरभंगासम्म गाडीमा जाने र त्यहाँबाट हवाई यात्रामार्फत मुम्बई जाने उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उपचारका लागि मुम्बईमा जानुअघि गिरी र निधिबीच भेटघात भएको थियो ।

कमेन्टहरु