देश

प्रेम चितामा परिणत भएको पीडा, दुनियालाई रुवाउदै

जगत ठाडा मगर
२०७८ भदौ ३ | बिहान ०८:०५ बजे

सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं ७ पोखरीया बस्ने अखिलेश मिश्राको छोरा कृष्ण मिश्रले स्थानिय ज्योति पासवानलाई प्रेम जालमा पारेर भाग्न विवस बनाई लहानको एक होटलमा बस्दै आएका थिए ।

लहानको बसाईको क्रममा केटाले ज्योतिलाई छोडेर फरार भएपछि युवती अर्थात् ज्योतिले फोनमार्फत माइतीलाई खवर गरेकी थिइन् । माइती आएपछि प्रहरीमा उजुरी दिँदा केटीको उमेर कम भयो भनी प्रहरीले उनको आमा बुबालाई ज्योतिको जिम्मा लगाइयो ।

अन्यायमा परेकी ज्योती न्यायको लागि अनेकन प्रयास जारी राखिन् तर समाजमा रहेको जातिय बन्धनको अगाडि ज्योतिको केही सीप नलागेपछि अन्तत उनले आत्महत्या गरिन ।

घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन जरुरी भएकोले सत्य तथ्य बाहिर ल्याउन जरुरी छ ।

कमेन्टहरु