देश

वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, इतिहासमै नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन्

जगत ठाडा मगर
२०७८ भदौ ३ | बिहान ०८:०५ बजे

मकवानपुर । वाग्मती प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भएका छन् ।

उनी इतिहासमै नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बनेका हुन् । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि आजकै दिन शाक्य वाग्मती प्रदेशकाे एमाले संसदीय दलको नेतामा चयन भएका थिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले राजीनामा दिएपछि शाक्यलाई नियुक्त गरेको हो।

कमेन्टहरु