कपिलवस्तुमा विद्यार्थी संगठनले सरकारले ल्याएको अध्यादेशकाे विरोध


घनश्याम यादव
२०७८ भदौ २ कपिलवस्तु / सरकारले ल्याएको पार्टी फुटाउन सकिने अध्यादेश काे कपिलवस्तुमा विद्यार्थी संगठनले बिरोध गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तु दुबैको आयोजनामा कपिलवस्तु जिल्लाको गोरुसिङेमा बिरोध पर्द्शन गरेका छन ।

” परमादेश सरकारले ल्याएकाे दल विभाजन सम्बन्धी अध्यादेश काे सशक्त प्रतिरोध गराै ” भन्ने मुल नाराकाे साथ कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा न २ गाेरुसिङ्गेमा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुकाे संयुक्त अायाेजानमा नेपाल सरकारले ल्याएको अध्यादेशकाे विरोध कार्यक्रम गरिएको हाे ।
विरोध कार्यक्रममा अध्यादेश फिर्ता गर , MCC खारिज गर , परम अादेश सरकार मुर्दा वाद , विभाजन अध्यादेश किन लाइस नालायक सरकार पुष्टि भयो र नेपाल सरकार मुर्दावाद यी सबै किसिम लगायतका नाराहरु विरोध प्रदर्शन र कार्यक्रम लागेको थियो ।

यसको विरोध कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य गाेपाल मणि ज्ञवालीले नेपाल सरकारले जुन दललाई सजिलो तरिकाबाट फुटाउने सक्ने अध्यादेशकाे विरोधमा नेपालभित्र रहेका सबै जिल्लामा
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु साथ मिलि संकेतिक रुपमा दुबै विरोध प्रदर्सन गरेको छ । नेपाल सरकारले यदि अध्यादेश लाई फिर्ता लिएन भने याे भन्दा अझै बढी सशक्त रुपमा हामी अान्दोलन गर्छु भन्ने गोपाल मणि ज्ञवाली चेतावनी समेत दिएका हुन ।























