देश

लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह ०९:०५ बजे

सुरेश यादव
नवलपरासी /भदौ २ । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा जय जय किशोरी संवाद केन्द्रकाे आयाेजनामा पाल्हिनन्दन -३ कुश्मामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।
photo 2021 08 18 21 08 51

संवाद केन्द्रकाे एनिमेटर निरमा हरिजनकाे अध्यक्षता तथा संवाद सहयोग समितिका सदस्य माया देवि हरिजनकाे प्रमुख अतिथतामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि हरिजनले हामी एउटा ग्रामीण क्षेत्रकाे ब्यक्तिकरण बुझि समुदायमा बढदै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीकाे दायारामा लगि लागू पदार्थ नियुनयकरण गर्न आवश्क रहेको छ । उहाँले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीवितरणमा राेक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गराउनु पर्नेमा जाेड दिएका थिए । र बिशेष गरि हामी सम्पूर्णले आफ्नाे छाेरा छाेरिलाई आफै सचेत गराउनुपर्ने र आफु पनि लागू पदार्थ सेवन नगर्ने बताउनुभएको थियोे ।

photo 2021 08 18 21 08 52

साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्नु परियार , पत्रकार सुरेश यादव , पत्रकार महेश यादव ,समाजसेवी विशाल हरिजन लगाएले लागु पदार्थ दुर्व्यसन विरुद्ध आआफ्नो भनाईहरु राख्नु भएको थियो ।

photo 2021 08 18 21 08 53

कमेन्टहरु