देश

नेता नेपालसँग कुनै ठोस राजनीतिक एजेण्डा छैन : विशाल भट्टराई

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजनको प्रक्रियालाई अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् ।

बुधबार माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपश्चात् नेता भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ छोडेको बताए ।

नेता भट्टराईले भने ‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने नेता नेपालसँग त्यस्तो कुनै ठोस राजनीतिक एजेण्डा छैन’। राजनीतिक दलको नेतृत्वकर्ता बन्नका लागि ठोस राजनीतिक एजेण्डा जरुरी हुन्छ भन्दै उनले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गरे ।

राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण उनले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अपनाएर अगाडि बढेको नेता भट्टराईले आरोप लगाए ।

कमेन्टहरु