देश

सर्लाहीमा किशोरी हत्या आरोपीलाई कार्वाहीको माग्दै राजमार्ग अवरुद्ध

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह ०३:०५ बजे

सर्लाही, ०२ भदौ । सर्लाहीमा युवति घटनाको लिएर पूर्व पश्चिम राजमार्गमा टायर बालेर स्थानीहरुले प्रर्दशन गरि रहेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकामा एक किशोरी बेपत्ता भएको चार दिनपछि मृत फेला परेपछि हत्या गरेको भन्दै स्थानीहरु सडकमा उत्रिएका छन् । अहिले स्थानीयवासीले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि प्रर्दशन गरि रहेका छन् ।

किशोरीको हत्या भएको दावीसहित दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट नाराबाजीसहित टायर बालेर चक्काजाम गरिरहेका छन् ।

गत साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिईन् । उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु