देश

ललकु माविमा मुर्ति अनावरण दाता परिवार लगायत दर्जनौं समाजसेवीलाई सम्मानित

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह १२:०५ बजे

लहान – २ भदौ -सिरहाको लहान नगरपालिका वाडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा साेमवार बृहत् जनसमुदायकाे उपस्थितिमा मूर्ति स्थापना,अनावरण र एसईई काे २५ ब्याच निकाल्न सफल रहेकाे उपलक्ष्यमा भव्यताकाेसाथ कार्यक्रम गरेको छ ।

photo 2021 08 18 12 41 53

विधालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि दाता लक्ष्मण मेहता,ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानकाे पुर्व प्र.अ विश्ववनाथ महताे,फुलेश्वर महताे,लनपा वाडा नं ३ काे वाडा अध्यक्ष राम दयाल महताे लगायतका उपस्थिति रहेको थिए ।

कार्यक्रममा दाता लगायत विधालयलाई सहयोग गर्ने दर्जनौं सहयाेगी मनहरुलाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

गणेश भगवान,हनुमानजी र महादेवकाे मुर्ती स्थापनामा सहयोग गर्नुहुने दाता लक्ष्मण मेहता, विश्वनाथ महताे, हिरालाल महताे लगायतलाई अध्यक्ष महताेले धन्यवाद दिदै उहाँहरुले विधालयकाे विकासमा गरेको याेगदानकाे वारेमा चर्चा गर्नु भएको थियो ।

photo 2021 08 18 12 41 56

मनतव्यकाे क्रममा फुलेश्वर महताेले याे विधालय एउटा ऐतिहासिक विधालय हाे यहाँ सदियाे देखि हिन्दु धर्मलम्विहरुले छठ पर्व र समाचकेवा धुम धाम सँग मनाउँदै आईरहेका छन् तर हिन्दुहरुका आस्थाको केन्द्र भगवान् गणेश,हनुमानजी र महादेवकाे मूर्ति एकैसाथ स्थापनाले स्थानीय नागरिक समाज खुशी भएका छन् । अध्यक्ष महताे न्यूक्त भएदेखि स्थानीय सरकार र समाजका अगुवाहरुसँग सहकार्य गरेर याे विधालयलाई दिन प्रतिदिन प्रगतिकाे पथमा लगिरहेकाे कुरा व्यक्त गर्नु भयाे ।

photo 2021 08 18 12 41 52

प्र.अ शिव शंकर महताेले याे विधालय गुणस्तरीय शिक्षा दिन जहिले पनि रतिभर पछि नहटेकाे कारण प्रत्येक वर्ष एसईईमा राम्रो परिणाम ल्याउन सफल भएकाे जनाउनु भयाे ।

कमेन्टहरु