देश

डुबान क्षेत्रका मानिसहरु असुरक्षित पानी खान बाध्य

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह १२:०५ बजे

सप्तरी । जिता खोलाको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका डुवान क्षेत्रमा खाने पानीको समस्या भएको छ ।

मंगलबार विहान वडा नम्वर ७ मनसापुरस्थित खोलाको पश्चिमी तटबन्ध भत्किएर गाउँपालिकाका एक वडा डुबानमा परेको हो । कोलाडि बरसाइन बस्तीमा पसेको बाढीले ट्युवेल समेत डुवाएको छ भने डुबेको ट्युवेलबाटै स्थानियहरुमा पानी खाने बाध्यता रहेको स्थानीय हेमशंर सिंहले जानकारी दिए ।

‘बाढीले पशुचौपाया र अन्नपात जोगाउन मुस्किल परेको त छ नै, त्यसमाथि ट्युवेल पनि बाढीले डुवाएको छ’ उनले भने–‘राम र सरदार टोलका ५-७ परिवारलाई बाढीले डुवाएकाले ट्युवेलबाटै पानी खान बाध्य छ ।’ उनले यस्तो अवस्थामा बाढी सुकेर गए पनि स्वास्थ्य सम्बन्धी समस्याले सर्वसाधारणलाई सताउने कुरामा दुईमत नरहेको दुखेसो गरे ।

उता, गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेश कुमार झाले बाढी प्रभावितहरुलाई व्यवस्थापन गर्न तत्काल कार्य सुरु गरिएको बताए ।

कमेन्टहरु