सिरहामा अवैध लागूऔषध सहित २ जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ २ | बिहान ११:०५ बजे

बिनोद मण्डल
सिरहा । सिरहामा अबैध लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका -३ बस्ने बर्ष २२ को प्रमोद कुमार यादव र सिरहा सुखिपुर नगरपालिका – १० बस्ने बर्ष २८ को धनजित यादव रहेको छ ।
उनिहरुलाई भदौ ०१ गते अन्दाजी १५:३० बजेको समयमा तालुक २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले सिरहा गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेको साथबाट NITRAVET Tablet-९०० पिस, On Test पल्सर मोटर साईकल (125 cc) -१ थान, मोबाईल २ थान र नगद रु.३३४६।- बरामद गरेको छ । निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजारमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।






















