देश

सरावलमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ २ | बिहान ०९:०५ बजे

महेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ दुबाैलियामा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ।
photo 2021 08 18 09 44 11

अादर्श संवाद केन्द्र दुबाैलियाकाे अायाेजना तथा एबिसि नेपाल, स्ट्राेम फाउन्डेसनकाे सहयोग र सरावल गाउँपालिकाकाे समन्वयमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे।अादर्श संवाद केन्द्रकाे समिति अध्यक्ष धर्मराज सहानिकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै उपाध्यक्ष रायले बाेक्सि प्रथा एक समाजिक अपराध रहेको बताउनु भयो । बाेक्सि टाेना रुढीबादी परम्परा भएकाले यसलाई मान्ने र कसैमाथि दाेषाराेपण लगाएकाे खण्डमा कानुनि सजायकाे भागिदार हुने बताउदै याे मानवीय अन्धविश्वास भएकाले बिरामी हुने बितिक्कै स्वास्थ्यकर्मीसंग सल्लाह लिई अाैषधि उपचार गराउन अनुरोध गर्नुभयो।

photo 2021 08 18 09 44 09

साथै बाेक्सि प्रथा विरुद्ध नाटकमार्फत जनचेतना जगाईरहेकाे किशोर किशोरी र एविसि नेपाललाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल, वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश सहानि, वडा नम्बर ३ वडाध्यक्ष अणेन्द्रनाथ राय, रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गाैतम, पत्रकार माल्ति न्याैपाने, राष्ट्रिय दैनिकककाे कार्यकारी निर्देशक उमेश कुमार बि.क को समेत उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा गाेबरहिया प्रहरी चाैकी इन्चार्ज सई धर्मबहादुर कुँवर, जनता अधारभुत विद्यालय धनगडवाका ब्यवस्थापन समितिका अध्यक्ष गाेपिचज्द हरिजन, शिक्षक तथा अभिभावक संघका अध्यक्ष श्रिराम गाैड, समाजसेवी दिनेश फाैजदार लगायतको उपस्थितिका साथै उनीहरुले बाेक्सि समाजमा कुनै पनि ब्यक्ति नरहेकाले यस्ता अन्धविश्वासमा नलाग्न अनुरोध गर्दै अाफ्नाे बिचार ब्यक्त गरेका थिए ।

बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटककाे निर्देशन एबिसि नेपालकाे फिल्ड सुपरभाइजर साइदा निशा पठानले गर्नुभएको थियाे । भने कार्यक्रम सन्चालन पत्रकार महेश यादवले गरेका थिए ।

कमेन्टहरु