लागु औषधसहित दुई जना प्रहरी नियन्त्रणमा

जगत ठाडा मगर
२०७८ भदौ २ | बिहान ०९:०५ बजे

बिनाेद मण्डल
सिरहा । प्रहरीले चेक जाँचको क्रममा लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा नं ३ गागन पुलमा प्रदेश नं २ र ईलाका प्रहरी कार्यालय गोलबजार बाट खटिगएको प्रहरी टोलीले पुलमा चेक जाच गर्ने क्रममा बरियारपट्टी गाउँपालिका वडा नं ३ को २२ वर्षिय प्रमोद कुमार यादव र सुखिपुर १० बस्ने २८ वर्षिय धनजित यादबलाई लागू औषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट nitrabhet ९०० ओटा ,ontest पल्सर, मोबाइल २ थान, नगद ३३४६ फेला परेको सिरहा प्रहरीले जनाएको छ ।






















