पूर्व मन्त्री हृदेश त्रिपाठी शनिवार कपिलवस्तु आउदै

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०६:०५ बजे

कपिलवस्तु । नेपाल सरकारका पूर्व मन्त्री तथा स्वतन्त्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी यहि भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन् ।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ सतभराको समयमाता पूरम मन्दिरको धर्मशालामा कार्यकर्ता भेटघाट गर्ने प्रमुख उद्देश्यका साथ कपिलवस्तु भ्रमणमा आउने भएका हुन ।
कपिलवस्तु जिल्लामा स्वतन्त्र राजनीतिक समूहको संगठन विस्तार र कार्यकर्ताको सुझाव सल्लाह संकलन गरी समुहलाई थप मजबुत बनाई अगाडि बढ्ने कुरा स्वतन्त्र राजनीतिक समुहका सदस्य पूर्व मन्त्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले जानकारी दिएका छन् ।






















