बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०६:०५ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ । साँझ पाँच बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामालगायतका विषयमा माग राखेर अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले छलफल गर्न बालुवाटार बोलाएका हुन्।
डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा गरेका थिए। प्रधानमन्त्रीले वार्ताका लागि बोलाएपछि डा. केसी आफ्ना सहयोगीसहित वालुवाटार गएका छन्।






















