देश

सप्तरीमा जीता नदीको बाँध भत्किँदा १ सय ५० घर डुबानमा

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०६:०५ बजे

रामनारायण यादव
सप्तरी । जीता नदीको पश्चिमको बाँध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १ सय ५० घर डुबानमा परेको छ ।
photo 2021 08 17 18 51 59

केही दिनदेखिको निरन्तर वर्षाका कारण तिलाठी कोइलाडी गाउँपालिकास्थित वडा नम्बर ५ को बसाईनस्थित दलित बस्तीमा बाढी पसेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।

photo 2021 08 17 18 52 00

उनका अनुसार नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी बस्तीमा पसेपछि गाउँपालिकाका अध्यक्ष सिंह सहितको टोली डुबान क्षेत्रतर्फ गएको गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक राजेश झाले जानकारी दिए ।

photo 2021 08 17 18 52 02

photo 2021 08 17 18 51 56

कमेन्टहरु