देश

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख मिश्रको शपथ ग्रहण कार्य सम्पन्न

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०५:०५ बजे

काठमाडौं । प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहण कार्य सम्पन्न भएको छ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।
photo 2021 08 17 17 15 34

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार राष्ट्रपतिले मंगलबार उनलाई नियुक्त गरेकी थिइन् ।

कमेन्टहरु