कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
रिरास परियोजना द्वारा कृषकलाई आधुनिक मिल वितरण


बाजुरा , चैत २४ । बाजुरा जिल्ला हिमाली गाउँपालिकाका अगुवा कृषकलाई आधुनिक मिल रिरास परियोजना मार्फत वितरण गरिएको छ । हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ का अगुवा कृषकहरुलाई विद्युतिय मल्टिक्रस थ्रेसर, कम्बाइन राइस मिल र विद्युतिय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको छ ।
रोयल नर्वे जिएम राजदुतावास युनडिपीको आर्थिक सहयोगमा संचालित रिरास लि/बर्ड मार्फत परियोजनामा मार्फत विद्युतिय मिल वितरण गरिएको परियोजनाका कृषि प्राविधिक खिम ओलीले बताएका छ्न ।
कृषकहरुलाई गाउँ घरमा घण्टौ समय लागेर धान, गहुँ, मकै र कोदो पिस्न लाग्ने समय विद्युतिय सामान संचालित आएपछि आजभोलि धेरै सजिलो हुनेभएको छ । बिगत लामो समयदेखि कुटानीपिसानी विभिन्न समस्या झेल्दै आइरहेका कृषकलाई आधुनिक मिल पाएपछि निकै सहज हुनेभएको ओलीले बताउनुभयो ।
पहिला गाउँमा धान कुटन दिनहुँ समय लागेर ओखलमा कुट्नुपर्ने अबस्था थियोे । अब परियोजनाले आधुनिक मिल दिएपछि पहिलो को भन्दा अहिले सजिलो हुने भएको छ । गहुँ, कोदोको पिठो बनाउन गाउँबाट धेरै टाढा खोला घट्ट पैदल यात्रा गरेर घट्ट पिस्न जानुपर्ने अबस्था थियोे । अहिले रिरास परियोजना आधुनिक मिल कृषकलाई पाएपछि अबका दिनहरूमा निकै सहज हुने भएको कृषक रुपु पाण्डेले बताएका छन ।
आधुमिल वितरण कार्यक्रममा हिमाली गाउँपालिका प्रबक्ता तथा वडा नम्बर ४ वडा अध्यक्ष भिमानन्द पाण्डे वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप बुढथापा, हिमाली गाउँपालिका कृषि विकास शाखा विज्ञ लोकेश कुमार शाही सहित कृषकहरुको उपस्थितमा सामान वितरण गरिएको जनाएको छ ।






















