नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

नवलपुर टुडे
२०८२ चैत्र २४ | मध्यान्ह ०२:१२ बजे

काठमाडौं, चैत २४। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले नागढुंगा–मुग्लीन सडकखण्डको निर्माण ढिला र कम्जोर व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै सरकारसँग जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न जोडदार माग गरे।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तमाङले सडक निर्माण समयमा नै सम्पन्न हुने स्पष्ट कार्ययोजना आवश्यक रहेको र कडा अनुगमनको व्यवस्था हुनुपर्ने बताएका छन्। उनले ढिला–सुस्ति र समन्वयको अभावले जनताले दैनिक सास्ति भोग्नु परेको सुनाइन् ।
त्यसैगरी, त्रिसुली नदी लगायतका नदीजन्य उत्खनन अव्यवस्थित र अनियन्त्रित भइरहेकाले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय जनतामा प्रत्येक्ष असर परेको बताएका छन्। न्यूज बैंक

















