माछा मार्न गएका युवाको पानीमा डुबेर मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०१:०५ बजे

सप्तरी, ०१ भदौ । सप्तरीमा माछा मार्न गएका युवाको पानीमा डुबेर मंगलबार विहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका वडा नम्वर ३ बनरझुल्ला बस्ने मन्जय ठाकुर (हजाम)का २१ वर्षीय छोरा सन्तोष ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर देखि १ सय ५० मिटर पश्चिम सत्य नारायण चौधरीको आँप बगैचामा माछा मार्न गएको अवस्थामा पानीमा लडी अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । उनलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु¥याउँदा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक युवाको शव पोष्ट मार्टमको लागी राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















