देश

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०१:०५ बजे

सप्तरी, ०१ भदौ । सप्तरीमा करेन्ट लागएर एक युवकको सोमबार दिउँसो मृत्यु गएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर १० बदगमा बस्ने अन्दाजि २५ वर्षीय बैजु यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय केशरी पासवानको घरमा काम गर्न गएको बेला फलामको रड काट्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागएर शिकिस्त भएका यादवलाई उपचारको लागि राजविराजस्थिसत गजेन्द्र नारायण सिंह अस्पातालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु