देश

पार्टी बिभाजनको लागि अध्यादेश ल्याउन बालुवाटारमा मन्त्रिपरिषद् बैठक

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०१:०५ बजे

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । केही बेरपछि बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ ।

बैठक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन बोलाएको बुझिएको छ । सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो ।

सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो ।

कमेन्टहरु