महाराजगन्जदेखि ताैलिहवा सडक खण्ड पाेखरीमा परिणत (फाेटाे सहित)


धनी राम काेरी
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकाकाे सडकदेखि ताैलिहवा सम्म जाेड्ने लगभग १० किलोमिटर सडकमा खाल्डाखुल्डी भएर सडककाे अवस्था जीर्ण बन्दै गएको छ ।

महाराजगन्जदेखि ताैलिहवा सडक खण्डमा बस, कार, टिप्पर, ट्रक, अाटाे रिक्सा, माेटरसाइकल, साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु अाउने जाने गर्छन् । महाराजगन्जदेखि विजगाैरी हुँदै कपिलवस्तु जिल्लाकाे सदरमुकाममा जाेड्ने सडककाे अवस्था जीर्ण बनेको छ । उक्त सडकमा वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश सभा सदस्य र राष्ट्रिय सभा सदस्य जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे ।
याे मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन । सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडककाे बीचबीच भागमा खाल्डाखुल्डी भएर पानी जमेकाे छ । याे सडकमा सवारी दुर्घटना धेरै हुन सक्ने सम्भावना भएको छ । याे सडकमा हिड्दा लगाएको कपडासमेत नराम्रो हुने गरेको छ । सडक मर्मत सम्भारमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले चासो दिइएको पाइदैन ।

सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न आवश्यक रहेको छ । गर्मीकाे समयमा धुलाेधुलाे हुने अनि बर्षाकाे समयमा सडककाे बीच भागमा भएको खाल्डा खुल्डीमा पानी जामेर सडकमा अावाज जावात गर्न निकै नै समस्या भइरहेको एक जना युवाले बताए ।

सडकको मर्मत सम्भार नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने, सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको महाराजगन्जदेखि ताैलिहवा सडक मर्मतको लागि जनप्रतिनिधिहरुको ध्यान जान आवश्यक रहेको स्थानीय बताउँछन् ।























