देश

लहानमा गाँजासहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ३२ | मध्यान्ह ०८:०४ बजे

बिनोद मण्डल
लहान । सिरहाको लहानमा गाँजासहित एक जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका -१७ गोबिन्दपुर घर भएका ४० बर्षिय बागेश्वर चौधरी रहेको छ ।

उनलाई आफ्नै घर भित्र लागू औषध गाँजा लुकाई राखेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानको टोलीले घर खानतलासी गर्दा, घर भित्र लुकाई राखेको १० किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले उनलाई हिरासतमा लिइ आबश्यक थप अनुसन्धान गरिरहेको बताएको छ ।

कमेन्टहरु