देश

चुरे क्षेत्रमा दिनरात उत्खनन तथा फडानी जारी

जगत ठाडा मगर
२०७८ साउन ३२ | मध्यान्ह ०८:०४ बजे

विनोद मण्डल
सिरहा । साउन ३२, चुरे क्षेत्रमा अवैध रूपमा डोजर सञ्चालन गरेर वन बिनास कार्य तिब्र गतिमा अघि बढाएको छ ।
photo 2021 08 16 20 32 46

सिरहाको धनगढी माई १२ आहाले बस्तीमा यतिबेला रातको समयमा डोजर लगाएर चुरे क्षेत्रमा रहेको डाँडा तथा भिर पाखा खेतवारीमा परिणत हुन थालेको हो ।

photo 2021 08 16 20 32 48

प्राकृतिक रूपमा रहेको बन जंगलमा स्थानीयलाई गाई वस्तु चरी चरणको मूल बाटो अर्थात् जंगल पस्ने बाटोमा स्थानिय फूलगेन महतो र मिश्री लाल महतोले डाँडा डोजरले भत्काउन लगाई बाटो पुरेर खेत बनाएपछि त्यहाँको वास्तविकता बाहिर आएको हो ।

photo 2021 08 16 20 32 50

अवैध रूपमा बन फडानी गरि खेत बनाइरहेको लिखित निवेदन स्थानियले डिभिजन बन कार्यालय लहानमा दर्ता गराएपछि आज दिउँसो ४ बजेको समयमा जिल्ला बन कार्यालय लहान र सब डिभिजन बन कार्यालय धनगढीबाट खटि गएको बन विभागको गस्ती टोलीेले स्थलगत निरीक्षण गरी आहाले बस्तीका स्थानीयलाई चुरे क्षेत्रमा अवैध रूपमा उत्खनन् नगर्न भन्दै स्थानिय फुलगेन र मिश्री लाल महतो माथी कानुनी प्रक्रिया अगाडी बढाउने जिल्ला वन कार्यालय सिरहाले जनाएको छ ।

photo 2021 08 16 20 32 51

photo 2021 08 16 20 32 52

photo 2021 08 16 20 32 53

photo 2021 08 16 20 32 58

photo 2021 08 16 20 32 39

कमेन्टहरु