देउवालाई हेप्ने, घोच्ने काम नगर्न सांसद प्रदीप यादवले दिए एमालेलाई चेतावनी


काठमाडौं । सत्तासाझेदार दल जसपा नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने घोच्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनीका साथै यस्ता कार्य गर्नेलाई जनताले पनि माफ नगर्ने बताए
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गरे । उनले भने,संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् ।´
यादवले थप्दै अव यो गठबन्धन सरकार १८ महिनाको मात्रै होईन्, आगामी निर्वाचनपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ, यो हाम्रो दावा हो’ भनेका छन । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको दावी समेत गरे ।
उनले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्दार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।






















