कृष्णनगरको सौनहवामा मोटर साइकलको ठक्करबाट एक जना १० बर्षिय बालककाे मृत्यु


घनश्याम यादव
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड न .१० सौनहवाको आर .टि ओ .सडकमा मोटरसाइकलले आटाे रिक्सा लाई ठोकिँदा बालकको मृत्यु भएको छ । कृष्णनगर नगर नगरपालिका वार्ड १० निवासी टीका प्रसाद मोर्या का १० वर्षिय छोरा नगेन्द्र मोर्याको मृत्यु प्रहरीले जनाएको छ ।
कृष्णनगरको सौनहवा बिधालयको नजिक आर .टि.ओ . सडकमा दुर्घटना भएको छ । आइतबार करिब २:३० बजे आटोमा बसेरा सौनहवाबाट कृष्णनगर जाने क्रममा यो दुर्घटना भएको हो । बालकको ओषधि गराउनको लागि लगेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रणबहादुर बिष्टले जानकारी दिनु भएको हुन !
बहादुरगँजको शिवराज आस्पतालमा उपचारको क्रममा राती करिब ९ बजे बालकको मृत्यु भएको हो ।अहिलेसम्म मोटरसाइकलको नम्बर पलेट खुलेको छैन र चालक पनि फरार रहेको छ । घटनाबारे थप अनुसन्धान र कार्य जारी रहेको निरीक्षक बिष्टले जानकारी दिनु भयो ।






















