प्रबास

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

रासस
२०८२ चैत्र १७ | मध्यान्ह ०३:१२ बजे

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले गरेका हुन्।विमानस्थललाई ट्रम्पको नाममा पुनःनामकरण गर्ने सहमतिमा हस्ताक्षर भइसकेको र आगामी जुलाई १ देखि औपचारिक रूपमा लागू गरिने जनाइएको छ।

सामाजिक सञ्जाल एक्स मार्फत जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले पुनःनामकरण प्रक्रियामा सहयोग गर्ने रोन डीसान्टिससहित फ्लोरिडाका महान्यायाधिवक्ता र हाउस प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।

यद्यपि, उड्डयन प्रशासनले भने विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अझै अनुमोदन नगरेको स्पष्ट पारेको छ।ट्रम्प परिवारले गत फेब्रुअरीमै विमानस्थल पुनःनामकरणका लागि आवेदन दिएको सीबीएस न्युजले जनाएको छ।

कमेन्टहरु