समाज

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

नवलपुर टुडे
२०८२ चैत्र १७ | मध्यान्ह ०१:१२ बजे

काठमाडौं,चैत १७। नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् ।मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे ।

उनले लेखेका छन्,‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं १ नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं । न्युज बैंक

कमेन्टहरु