प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गर्न सिफारिस

जगत ठाडा मगर
२०७८ साउन ३२ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषदका निकट स्रोतले जनाएको छ । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको मन्त्रिपरिषदको पहिलो बैठक साउन ३ मा बसेको थियो ।
सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिएका थिए । त्यसपछि पनि प्रतिनिधि सभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक भने अझै अगाडि बढेको छैन ।






















