बिश्व

नेतान्याहूले मानेनन् इरानविरुद्ध हवाई आक्रमणको समयसीमा तोक्न

एजेन्सी
२०८२ चैत्र १७ | मध्यान्ह १२:१२ बजे

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानविरुद्ध जारी हवाई आक्रमण कहिले अन्त्य हुन्छ भन्नेबारे कुनै स्पष्ट समयसीमा दिन अस्वीकार गरेका छन् ।अमेरिकी टेलिभिजन न्यूजम्याक्ससँगको अन्तर्वार्तामा उनले आक्रमणको अन्त्यबारे प्रश्न गर्दा ठोस जवाफ दिन चाहेनन् । उनले हालसम्म इजरायलले इरानभित्र लक्षित सूचीको आधाभन्दा बढी हिस्सा पूरा गरिसकेको दाबी गरेका छन् ।

यद्यपि इजरायलका अन्य सैन्य अधिकारीहरूले भने महत्त्वपूर्ण निशानाहरू प्रायः समाप्त हुने अवस्थामा पुगेको संकेत दिएका छन् । यसले अभियानको वास्तविक अवस्थाबारे थप प्रश्न उठाएको छ । अन्तर्वार्तामा नेतान्याहूले आफूहरूको मुख्य उद्देश्य अहिले मात्रै नभएर भविष्यमा समेत इरानले एउटै आणविक हतियार उत्पादन गर्ने सक्षम नहोस् भन्ने सुनिश्चित गर्नु भएको बताएका छन् ।

इजरालले आणविक हतियारको सन्दर्भमा मात्रै होइन इरानलाई समग्र रूपमा कमजोर बनाउने रणनीति लिएको अनुमान गरिएको छ । केही रिपोर्टहरूमा इजरायली सैन्य नेतृत्वले इरानको अर्थतन्त्र र दीर्घकालीन आर्थिक सम्भावनालाई समेत लक्षित गर्ने योजना बनाएको उल्लेख गरिएको छ ।

कमेन्टहरु