देश

सरकारले नै भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो : भीम रावल

जगत ठाडा मगर
२०७८ साउन ३२ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताए । अब समस्या समाधानका लागि नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताए ।

तर परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा भने होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएको सांसद रावलले बताए । उनले भने, ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो ।’

रावलले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्ने र यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

कमेन्टहरु