स्वास्थ्य

गौर नगरपालिकामा एक सुविधासम्पन्न जिम क्लबको खाचो छ – युवा नेता जयसबाल

नवलपुर टुडे
२०८२ चैत्र १६ | मध्यान्ह ०८:१२ बजे

रौतहट, चैत १६ । रौतहटको युवा नेता साजन जयसवालले गौर नगरपालिकामा एक सुविधासम्पन्न जिम क्लबको स्थापना हुनुपर्नेमा जोड दिएका छन्। सोमबार सन्चारकर्मी संग कुरा गर्दै नेता जयसवालले गौरका युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि अत्याधुनिक उपकरणसहितको जिम सेन्टर अपरिहार्य रहेको बताएका हुन्।

युवाहरू फुर्सदको समयमा कुलत वा गलत संगतमा लाग्नुको साटो खेलकुद र व्यायाममा आकर्षित हुने, बढ्दो आधुनिक जीवनशैलीका कारण निम्तिने स्वास्थ्य समस्याहरू कम गर्न नियमित व्यायामले मद्दत पुग्ने , शारीरिक व्यायामले मानिसमा धैर्यता र अनुशासन विकास गर्ने हुँदा नगरको विकासमा स्वस्थ र सचेत युवा जनशक्ति तयार हुने नेता जयसवालले बिश्वास व्यक्त गरेका छन् ।

​”नगरपालिकाले भौतिक पूर्वाधारसँगै युवाहरूको वृत्ति विकास र स्वास्थ्यमा पनि लगानी गर्नुपर्छ,” जयसवालले भने, “गौरका प्रतिभाशाली युवाहरूलाई आफ्नै ठाउँमा फिटनेस सुविधा उपलब्ध गराउनु स्थानीय सरकारको पनि दायित्व हो।”उनले यो मागलाई स्थानीय तहसम्म पुर्‍याउने र कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

कमेन्टहरु