देश

असभ्य शब्द प्रयोग गरि भिडियो बनाई युट्युवमा अपलोड गर्ने नवलपुर गैंडाकोटका युवक प्रहरी हिरासतमा

जगत ठाडा मगर
२०७८ साउन ३२ | बिहान ०९:०४ बजे

नवलपुर । गैंडाकोट भृकुटी चोकलाई लक्षित गर्दै आपत्तिजनक शब्दहरु प्रयोग गरि र्‍याप भिडियो बनाएर युट्युबमा अपलोड गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको छ । युट्युबमा भिडियो अपलोड गरेको अभियोगमा अन्दाजी २३-२४ बर्षका युवकलाई आइतबार दिउसो गैंडाकोट – २ बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रहरी निरिक्षक लक्ष्मी खनालले बताउनुभयो।

शनिवार युट्युबमा अपलोड गरिएको सो भिडियो घरभित्रैको कोठामा रेकर्ड गरिएको भएपनि गैंडाकोट, भृकुटी चोक, भृकुटी कागज कारखाना, नारायणी नदी लगायतका ठाउँहरूको नाम लिई आपत्तिजनक शब्दहरु प्रयोग गरि बनाईएको थियो।

‘Virkuti Chok’ शीर्षकको उक्त र्‍याप भिडियो ‘MC-SAITAN OFFICIAL’ नामक च्यानलबाट शनिवार अपलोड भएको हो। उक्त भिडियोमा गैंडाकोट भृकुटी चोक निस्किन्छु दुई नम्बरी रोड, कारखाना भित्र छाप्छु दुई नम्बरी नोट, जहिले पनि आईज तँलाई गराईदिन्छु मोज, नारायणीको चिसो हावा खाने गोटीको तालमा, गैंडाकोट-गैंडाकोट मान्छे मार्ने ठाउँ हो यो गैंडाकोट, जंगीहरू बोक्ने, दिउसै लुटिने ठाउँ हो गैंडाकोट जस्ता अन्य आपत्तिजनक शब्दहरु प्रयोग गरिएको थियो।

भिडियो बनाई युट्युवमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्बजनिक बिकृती फैलाउने कार्य गरेको कसुरमा आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाएको खनालले बताए । अहिले उक्त भिडियो ईलाका प्रहरी कार्यालय गैंडाकोटले युट्युबबाट हटाएको छ।

कमेन्टहरु