प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नवलपुर टुडे
२०८२ चैत्र १६ | बिहान ११:१२ बजे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।

















