जापानिज कलाकार कारेन शाक्यको म्यूजिक भिडियो सार्वजनिक


काठमाडौं । जापानिज कलाकार कारेन शाक्यको नेपालभाषाकाे दाेश्राे म्यूजिक भिडियो “चुलबुल चंचल” सार्वजनिक भएको छ ।
जनकवि दुर्गालाल श्रेष्ठले रचना गरेको न्ह्यू बज्राचार्यको लयमा आधारित कारेन शाक्यको सुमधुर स्वर तथा सुन्दर अभिनय रहेको नेपालभाषाको ‘चुलबुल चंचल’ म्यूजिक भिडियो कीतिपुरको पांगामा रहेको कीर्तिपुर सिनेप्लेक्समा म्यूजिक भिडियोको प्रिमियर सो गरेर सार्वजनिक गरिएको थियो ।
समाजसेवी एवम् सेवा अभियान संयोजक तथा म्यूजिक भिडियो निर्माता सुनिल कुमार शाक्यको सभापतित्वमा भएको कार्यक्रममा लोककवि नेपाः रत्न राजभाई जकःमिले नबोदित कलाकार एवम् कारेन शाक्यको उज्वल भविष्यको कामना गरेर ‘सुवाः’ शीर्षकको कविता वाचन पश्चात हस्तातरण गरिएको थियो ।
ज्योति म्यूजिक समूहले निर्माण गरिएको ‘चुलबुल चंचल’ म्यूजिक भिडियोका निर्देशक विश्वास बज्राचार्य तथा भने कोरियोग्राफी रोहिया महर्जनले गरेको हो । म्यूजिक भिडियोको सह–निर्देशन सविनरत्न शाक्य, पोष्ट प्रोडक्सन विजनराज बज्राचार्य गरेको थियो भने । यस म्यूजिक भिडियोमा अभिनय तथा गायन कारेन शाक्यका साथै जापनीज मिसामचापिं युकाको यामामाटो व मिक्का कानेयुकीहरूको सुन्दर नृत्यका साथै अभिनय रहेको छ ।
सो म्यूजिक भिडियोको निर्माण भएकोमा नेपाल र जापानबीचको संस्कृति आदानप्रदान भई अझ बढी प्रगाढ हुने विद्या श्रेष्ठले धारणा राखिन् । भिडियो तलको लिंकमा गएर हेर्न सक्नु हुने छ ।























