राजनीति

सरकारको जनविरोधी कदमविरुद्ध संघर्षमा उत्रिन विद्यार्थी स्वयंसेवक नेपालकाे अपिल

नवलपुर टुडे
२०८२ चैत्र १६ | बिहान ०९:१२ बजे

काठमाडौं । सरकारले आम विद्यार्थीको मौलिक अधिकार खोसेकाे विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयाेजक मुक्ति गैरेले विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले सरकारले ल्याएको सय कार्यसुचि अन्तर्गत विद्यार्थी संगठनहरु खारेज गर्ने कुरालाई आपत्ति जनाउदै विद्यार्थीको मौलिक अधिकार खोसेर सरकारले सुशासन, विकास र समृद्धि होईन् तानाशाही प्रवृत्ति तिर लागेको छ। बालेन सरकार आँफुलाई नवराजाको रुपमा प्रस्तुत गरेको छ। यो सरकारले स्थिरता होईन अस्थिरता पैदा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई खोसेर विशेषः त हाम्रो राष्ट्रियता ध्वस्त बनाएर देशलाई द्वन्द्वमा फसाउन उद्धत रहेको समेत बताए । उनलेे जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै :

प्रेस विज्ञप्ति
हाम्रो संगठनले मिति २०८२ साउन ५ गते नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलमार्फत शिक्षा मन्त्री रघुजी पन्तलाई बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्र मध्ये (५) विद्यार्थीका मौलिक एवम् शैक्षिक अधिकार सुनिश्चित गर्न निजी स्कूल कलेजमा पनि ‘विद्यार्थी काउन्सिल’ खोल्ने व्यवस्था गरियोस् । भन्ने हाम्रो मागलाई सम्बोधन गर्ने कुरा स्वागतयोग्य भएता पनि प्राज्ञिक एवम् शैक्षिक अधिकारको ऐतिहासिक विरासत बोकेको विद्यार्थी कल्याण परिषद् अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरु खारेज गर्ने कुरा सरकारले विद्यार्थीको संवैधानिक एवम् मौलिक अधिकारलाई कुण्ठित गरेको छ। यस कार्यको हाम्रो संगठन घोर भत्सर्ना गर्दै सरकारको यस कदम विरुद्ध खेद प्रकट गर्दै तत्काल उक्त कदम खारेज गर्न माग गर्दछौं ।

संविधानमा रहेको : भाग-३ २२. (१), (२) (क), (ख), (ग) (घ), (ङ) र ३६. (१), (२), (३), (४) र (५) को संवैधानिक अधिकारलाई कुण्ठित गर्दै सरकारले ठाडो उल्लंघन गरेको छ आम विद्यार्थीको मौलिक अधिकार खोसेको छ। विद्यार्थीको मौलिक अधिकार खोसेर सरकारले सुशासन, विकास र समृद्धि होईन् तानाशाही प्रवृत्ति तिर लागेको छ। बालेन सरकार आँफुलाई नवराजाको रुपमा प्रस्तुत गरेको छ। यो सरकारले स्थिरता होईन अस्थिरता पैदा गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई खोसेर विशेषः त हाम्रो राष्ट्रियता ध्वस्त बनाएर देशलाई द्वन्द्वमा फसाउन उद्धत छ। सरकारको यस्तो जनविरोधी कदमका विरुद्ध संघर्षमा उत्रन अपिल गर्दछौं।

मिति २०८२ चैत १५ गते
मुक्ति गैरे
संयोजक

WhatsApp Image 2026 03 30 at 09.11.13

कमेन्टहरु