देश

पुर्बी नवलपरासीको हुलाकी मार्ग भत्किन शुरू

जगत ठाडा मगर
२०७८ साउन ३२ | बिहान ०८:०४ बजे

विनोद मण्डल
नवलपरासी । साउन ३२, नेपालको पुर्व पस्चिम जोड्ने गरी निर्माणाधीन अवस्थामा रहेको हुलाकी लोकमार्ग ठाउँ ठाउँमा भत्किन थालेको छ ।
photo 2021 08 16 08 46 09

नेपालको उत्तरी क्षेत्रमा मध्य पहाडी लोकमार्ग त्यसपछि महेन्द्र लोकमार्ग र अाम जनताको जीवनस्तर उकास्न सुरु गरिएको दक्षिणि भेग भएर जाने हुलाकी लोकमार्ग सञ्चालन नहुँदै भत्किन थालेको छ ।

सडक निर्माणका जबाफदेही बोकेका निर्माण कम्पनीले समयमा ध्यान नदिँदा र निरीक्षणको जिम्मा पाएका सरकारी निकायको कमजोरीको कारण नियमित र अविरल बर्षाको कारण पछिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ९ प्रतापपुर पुल क्षेत्रमा सडक खण्डमा वर्षाले माटो बगाउँदा सडक भत्किन थालेको छ ।
photo 2021 08 16 08 48 06

जिल्ला सडक कार्यालयले तत्काल उक्त ठाउँमा ध्यान नदिने हो भने आवत जावतमा कठिनाई उत्पन्न हुनुको साथै सडकमा दुर्घटनामा बढोत्तरी आउने भएकोले सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ स्थानियले बताएका छन् ।

कमेन्टहरु