देश

आर्थिक बर्ष २०७७/७८ मा श्रमसेवा निर्यातबाट भित्रियो ९.६१ खर्ब

जगत ठाडा मगर
२०७८ साउन ३२ | बिहान ०७:०४ बजे

काठमाडौं । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा रू ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा गएका नेपाली कामदाहरूले त्यस बराबरको रेमिट्यान्स ९ विप्रेषण० पठाएका हुन् । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार गत आवमा विप्रेषण आप्रवाह ९ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७६र७७ रू ८ खर्ब ७५ अर्ब ३ करोड विप्रेषण नेपाल भित्रिएको थियो ।

यस आवमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । तर, गत आवमा भने विप्रेषण आप्रवाह बढेको छ । कोरोना महामारीका कारण अघिल्लो आवमा विप्रेषण आप्रवाहमा कमी आएको थियो । गत आवमा पनि कोरोना महामारी कायम रहे पनि विप्रेषण आप्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कोरोनाका कारण नेपालको वैदेशिक रोजगार व्यवसाय प्रभावित भएपछि अघिल्लो आवमा विप्रेषण आप्रवाह घटेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कमेन्टहरु