नवलपुरमा बाधको आक्रमणबाट एक महिला घाईते

नवलपुर टुडे
२०८२ चैत्र १२ | मध्यान्ह ०८:१२ बजे

कावासोती, चैत्र १२ । पुर्वी नवलपरासीमा बाघको आक्रमणमा परी एक जना महिला घाईते भएकी छिन । घाईते मध्यविन्दु नगरपालिका- १४ दम्फाघेरा बस्ने वर्ष ३९ की पुनिसरा दर्लामी रहेको प्रहरीले जनाएको छ ।
उनलाई बिहिवार साझ अन्दाजी १७:५० बजेको समयमा आफ्नै घरबाट ३०० मिटर पूर्व तर्फ रहेको खरबारीमा बाख्रा खोज्न जाने क्रममा अचानक बाघले आक्रमण गरी घाईते बनाएका हुन ।
बाघको आक्रमणबाट उनको अनुहार र बाँया हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ । उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भैरहेको नवलपुर प्रहरीले बताएको छ । घटना सम्बन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए ।






















