देश

थामी समुदायले कतिवटा धर्म मान्दै आएको छन ?

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह ०९:०४ बजे

जाती समुदाय अनुसार धर्म हुने भए नेपालमा १२७+ जाती छन खै त १२७ वटा धर्म ?, विश्वमा ६९१२+ जाती छन, खै त विश्वमा ६९१२ धर्म ? तर छैन किनाकी धर्म जाती समुदाय अनुसार हुदैन धर्म त व्यक्तिले अभ्यास अनुसरण गर्ने कुरो हो।

धर्मको कुरो सबैमा आउनू स्वभावीक हो । धर्मले मान्छेलाई धार्मिकतामा ल्याउछ । अनुशासित बनाउछ । पाप गर्न लाउदैन ।

धर्म र सस्कृति फरक हुन ।
धर्म व्यक्तिले मान्ने, अभ्यास गर्ने अपनत्व गर्ने अर्थात सेवा गर्ने कुरो हो । त्यो ब्यक्तित्वमा भर पर्छ । सस्कृति(Culture)जाती समुदाय अनुसार भिन्न भिन्न हून्छ । धर्म व्यक्तिगत हून्छ भने सस्कृति जात जाती अनुसार भिन्न भिन्न हून्छ। नेपाल थामी समाजमा थामी समुदायको सबैभन्दा पहिले अनुसन्धान ककप्याट्रिक, जर्ज भ्यान ड्रिमले, मार्क टुरिन गरेका हुन उनिहरू सबै ख्रिश्चियनहरु हुन ।

बिदेशी इसाई आउने बेला भगवान भेटे जस्तो गर्ने नेपाल थामी समाजका अगुवाहरु नेपालको इसाई थामिहरुलाई पराई देख्ने नजर उपचार गर्नू पर्ने पो होकी ! थामी समुदायमा लामो समय काम गरेको सस्था Educate the children( ETC )सस्थाको founders सबै अमेरिकाको इसाई बालबालिकाहरु हुन । प्राय बिदेशी INGO सस्थाहरु इसाईहरु को नै हुन्छन तर नेपालमा इसाईकै डलर खानेहरुले इसाईकै बिरोध गर्दछन? अर्को कुरो धर्मनिरिपेक्ष रास्ट्रमा धर्मको बिरोध कुरा उठाउनु नेपालको संबिधान विपरित हो ।

इश्वर कहिले स्वदेशी र बिदेशी हुदैँन, नेपालमा जन्मेको बुद्ध भगवानलाई जापान, कोरिया, ची ले कहिले बिदेशी भगवान भनेन र यशु जन्मेको मध्य एसिया इजरायलमा हो । अमेरिकाले कहिले पनि यशु प्रभू बिदेशी परमेश्वर भनेन । लेलन, माक्स, एगेल, माओ, हेनारी त बिदेशी व्यक्ति हो । नेपालीहरुले स्वादेशी र बिदेशी कुरो गर्नू सुहाउदैन ।

दोलखा थामीहरु धेरै जसो हिन्दू धर्म मान्छन, बिगु गुम्बामा आनी ,लामा थामीहरु छ । आल्म्पूमा हस्त थामी सरले थामी गुम्बा माने बनाएको छ । थामीहरु बुद्ध मार्गी पनि हुन अर्को कुरा थामी समुदायमा १५ जना भन्दा धेरै पास्टर हुनुहुन्छ थामीहरु इसाई पनि हुन । त्यो उहाँहरुको मानवअधिकारको कुरो हो।

खाडी मुलुकमा गएका दुई तिन जना थामीहरु मुस्लिम धर्मलम्बि पनि बनेका छन । त्यो उहाँहरुको मानवअधिकारको कुरो हो। लापिलाङमा एक जना पंजाबी बाजेले पंजाबी धर्म आस्था पनि मानेको थियो । त्यो उहाँको नैसर्गिक हकअधिकार हुन।

थम्बुवान परिषदको अधयक्ष मान बहादुर थामी बेङपाले सरले थामीको धर्म प्राकृति धर्म हो भनी कुरो गर्नू हून्छ भने पुर्व सभासद चुन बहादुर थामी सरले लेख्नु भएको किताबमा थामिको धर्म बोन धर्म हो भनेर लेख्नू भएका छन । नेपाल थामी समाजले किराँत धर्म भनेका छन । दार्जेङ्लीको थामी समाजहरुले थामीको धर्म भुमे हो भनेका छन । सबैको आ-आफ्नो बिस्लेषण छ ।

त्यसैले व्यक्तिको इच्छा अनुसार जुन सुकै धर्म मान्नु होस, त्यो तपाईको नैसर्गिक मानव अधिकारको कुरो हो । अब हामी धार्मीक अतिबादी सोचबाट मुक्त भएर सबै धर्मलाई सम्मान गर्ने पो होकी ।

कमेन्टहरु