देश

प्रचण्डको भनाइ, एमसीसीलाई गठबन्धनमा खेल्ने हतियारका रुपमा प्रयोग गर्न खोजियो

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह ०८:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड´ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई सत्तारुढ गठबन्धनमा खेल्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् ।

शनिबार र आइतबार दुई दिन बसेको बैठकमा नेताहरुले प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा प्रश्न उठाउँदै एमसीसीबारे प्रष्ट पार्न माग गरेका थिए । प्रचण्डले एमसीसीबारे उग्र भएर प्रस्तुत नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

जवाफका क्रममा प्रचण्डले एमसीसी पारित गर्नैहुन्न भन्ने पक्षमा आफू नभएको बताएका छन् तर सम्झौताका कतिपय प्रावधानहरु राष्ट्रिय हितको अनुकूल नभएकाले साविकको नेकपाको कार्यदलको सुझावअनुसार परिर्माजन गरेर मात्र अघि बढ्नुपर्ने बताए ।

सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने भन्दै उनले एमसीसीलाई गठबन्धनमा खेल्ने हतियारको रुपमा प्रयोग गर्न खोजिएको छ, तपार्इंहरु उग्र भएर प्रस्तुत नहुनुस्´ भनेका छन् ।

प्रचण्डले शासकीय स्वरुपबारे पनि धेरै नबोल्ने बताए । अहिले नै गठबन्धन एकठाउँमा आउने सम्भावना भएकाले उपयुक्त समयमा छलफल गर्नुपर्ने उनको भनाइ रहेको छ ।

कमेन्टहरु