सामुदायिक ऐक्यबद्दताको लागि संस्था एकिकरणको आह्वान


दोलखा । प्रकृति,जीवन र समाज गतिशिल छ थाहै छ।विग्यानको उपज प्रबिधिले अचेल सबैलाई एकै ठाउ देखिन्छ।मान्छेको भावना सधैलाई काबुमा पार्न सकिन्न।मौसमानुसार फेरबदलिरन्छ।
क्रान्तिमा उत्तेजित,अन्यायमा बिद्रोहको गित,बियोगमा समबेदना,अनि कामको बेला जोस जागर गर्नैपर्छ,त्यसो त अब निर्माण हुने बेला भो जीम्मेवारी बहन गर्नुपर्छ।प्रगतिका लागि प्रतिशप्रधि चाहिन्छ,आफै/आफैसंग प्रतिशपर्धा गर्नुपर्छ तर स्वस्थ हुनूपर्छ नियन्त्रित हुनुपर्छ अनि रिजल्टमा परिवर्तन देखिनुपर्छ।बिद्रोह गर्नेले ब्यवस्थापन बुझ्नु पनि पर्छ-निश्चित उद्देश्य र गन्तब्य बोकेको बिद्रोहले सार्थकता प्राप्त गर्छ।
प्रसङ्ग सामुदायिक ऐक्यबद्द हुन आवहानको सन्दर्भमा नेपालको थामी समुदायको हितको लागि खोलिएको सम्पुर्ण थामी उत्थान र बिकासको छेत्रमा काम गर्दै आईरहेको संस्थाहरू एकिकरण गर्न आवाश्यक छ।संस्था नै पिच्छेको गुट र फुटको राजनीतिले भुट र चुट हुदै कुटाकुट अनि दुश्मनको अघि खिल्लि उड,को काम बाहेक अर्थोक देखाउदैन।नेपाल भरका (लगभग)३५हजार माथिको थामी जनताले अहिले मुल संस्था कुनलाई आधार मान्ने,अन्यौलै अन्यौलको बिरूवा खडा गरिदैछ।हालसम्म कार्यक्रम गर्दैआएको संस्थाहरूको आ-आफ्नै पृष्टभुमी,उद्देश्य,भिजन र मिसन रहेको छ, उहाहरूले थामी समुदायको उत्थान र बिकासको कार्यक्रमलाई अगाढि बढाउने क्रममा विभिन्न छेत्रमा पुर्याउनुभयको योगदानको उच्च मुल्याङकन र कदर गर्दै,-भावि सामुदायिक उत्थान र सबैछेत्रको बिकासको लागि एउटै मुलसंस्थालाई अपनत्व ग्रहण गर्दै,अगाडि बढ्न बढाउन,चाडै नै नेपाल भरिका थामी गुरू/गान्बा आपा,शिक्छित व्यक्तित्वहरू,बुद्दिजीवि वर्ग र सम्बन्धित संस्थागत प्रतिनीधिज्युहरू स्वस्थ बहसमा बसि परिपक्क निष्कर्षमा पुग्दै दुरदर्शी निर्णयका साथ भावि कार्यक्रम अगाढि बढाउन हार्दिक अनुरोध गर्दछौ।हाल थामी समुदाय सम्बद्द मैदानमा रहेका संस्थाहरू र त्यस सम्बन्धित भातृ संस्थाहरू बिस्तार गर्ने काम तुरून्त बन्द गर्न हार्दिक अपिल गर्दछौ।
बिकास भनेको समग्रमा ब्यवस्थापनको कुरा हो।त्यसैले आउनुहोस सामुदायिक ऐक्यबद्दताको लागि हातेमालो गरौ।समुदायको उत्थान र सर्वाङ्गिन बिकासको लागि एक एकिकृत मुल संस्थाबाट अगाढि बढौ!
संयुत्त आह्वान : रोहित(एम•बी) थामी/अरूणा थामी






















