देश

पाल्हिनन्दन गाउँपालिका संग युवाहरूले मागे तीन बुँदे विवरण

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह ०८:०४ बजे

महेश यादव
नवलपरासी ,३१ श्रावण, पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा सम्पन्न गरेको विभिन्न कार्यहरुकाे खर्च विवरण हाल सम्म प्रकाशित नभएको र जनता समक्ष नअाएकाेले सम्पूर्ण लागत रकम विवरण र ३ वर्ष बितिसक्दा सार्वजनिक सुनवाइ नहुनुको कारण सहित युवाहरूले सुचना माग गरेका छन।

photo 2021 08 15 20 39 51
तीन बुदे कार्यको खर्च विवरण तथा प्रगति सुचना माग गर्दै गाउँपालिकाको कार्यालय बनेको भवनको लागत खर्च विवरण हालसम्म सार्वजनिक नभएकोले सम्पूर्ण खर्च विवरण जनता समक्ष पुग्नुपर्ने भन्दै गाउँपालिकाकाे भवन निर्माणमा लागेको लागत खर्च रकम जग्गा किनबेच देखी हालसम्म भवनमा लगानी भएको सम्पूर्ण रकमको विवरणको माग गरेका छन् ।

त्यस्तै गाउँपालिकाकाे इन्धनमा अनियमितता भएको आरोप जनताबाट आई रहँदा आर्थिक वर्ष २०७४/०७५, ०७५/०७६ , ०७६/०७७ र ०७७/०७८ सम्म भएको सम्पूर्ण इन्धन खर्च विवरण पाउ भनी माग समेत गरेका छन्।

रंजीत शर्मा र विनाेद निगमले संयुक्तरुपमा सुचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउ भनि भन्ने निवेदन दर्ता गराउँदै यस्तो माग गरेका छन्। नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना उपलब्ध गराउनुपर्ने नेपाल सरकारको प्रवधान रहेको छ।

photo 2021 08 15 20 39 50

कमेन्टहरु