अफगानिस्तानमा रहेका सम्पुर्ण नेपालीलाई तत्काल स्वदेश फर्काउन पहल गरियोस् : भीम रावल

जगत ठाडा मगर
२०७८ साउन ३१ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अफगानिस्तानमा रहेका सम्पुर्ण नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।
रावलले आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अन्य देशले जस्तै नेपाल सरकारले पनि नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न आह्वान गर्नुपर्ने बताए ।अहिलेको परिस्थितिमा सामान्य तरीकाले काम गरेर नहुने बताउँदै उनले भने, `सम्बन्धित नियोगलाई वा कम्पनीलाई आफ्ना नागरिकलाई बाहिर लैजाँदा हाम्रो पनि लगिदेऊ भनेर कसैको दयामायाले हुँदैन ।´
यो कार्य सरकार आफैंले गर्नुपर्ने हो । तत्काल नेपालीहरुलाई बाहिर ल्याउनुपर्यो र विद्रोही समूह तालिबानले अफगानिस्तान छाड्न चाहनेलाई जान दिने भनेकाले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षितसाथ बाहिर ल्याउनुपर्ने उनको भनाइ छ ।






















