इजरायलद्वारा इरानको राजधानी तेहरानमा हवाई आक्रमण

एजेन्सी
२०८२ चैत्र ९ | मध्यान्ह १२:१२ बजे

तेहरान । इजरायली सेनाले सोमबार बिहानै इरानको राजधानी तेहरानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको छ। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का अनुसार इरानभित्र रहेका आतंकवादी पूर्वाधारहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको हो।आक्रमणपछि तेहरान शहरभर शक्तिशाली विष्फोटका आवाजहरू सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको शक्तिशाली सैन्य संगठन ‘रिभोलुसनरी गार्ड्स’सँग आबद्ध फार्स न्यूज एजेन्सीले पनि शहरका धेरै ठाउँमा विष्फोटको भयानक आवाज गुन्जिएको पुष्टि गरेको छ।मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायलले इरानको राजधानीलाई नै निशाना बनाएर यो नयाँ आक्रमण गरेको हो ।


















