देश

माओबादी स्थायी समिती बैठकमा नेताहरुको कार्यबिभाजन बारे छलफल

जगत ठाडा मगर
२०७८ साउन ३१ | बिहान १०:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल हुँदैछ ।

समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा अध्यक्षको प्रतिवेदन पास गर्ने माओवादी तयारी छ । एमाले माओवादी मिलेर बनेको नेकपा पूर्ववत् अवस्थामा फर्केसँगै नेकपा माओवादीका विभिन्न जिल्लामा नेताहरुको कार्यविभाजन हुन बाँकी छ ।

माओवादीले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आगामी निर्वाचनसम्म नै वर्तमान ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यक्ता पनि प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।

कमेन्टहरु