देश

शब्दकोष चोरी, अबैधानिक नेपाल थामी समाजले २२ लाख बागमती प्रदेशबाट बजेट निकासा

जगत ठाडा मगर
२०७८ साउन ३१ | बिहान १०:०४ बजे

दोलखा । भाषा आयोग र थामी उथान सस्कृति खोज अनुसन्धान वकालत सस्थाबाट रमेस थामीले लेखेको थामी भाषाको शब्दकोष कोशविज्ञानमा आधारित थामी भाषाको पहिलो शब्दकोष निर्माणको लागि शब्द सङ्कलन गर्दै आएको कुरा तमाम थामी समुदायलाई अवगतै छ।

photo 2021 08 15 10 18 39

photo 2021 08 15 10 18 41

यसै बीचमा जब हामीले थामी भाषाका शब्द संकलन गरेर प्रथम मस्यौदाको इलेक्ट्रोनिक कपि भाषा आयोगलाई बुझायौँ त्यसको केही समयवादमै ११ जुन २०२१ गतेका दिन नेपाल थामी समाजको अध्यक्ष शूकवीर थामी ज्यूले भाषा आयोगमा आक्रामक तवरले प्रस्तुत भई अनअफिसियल्ली त्यो सबै मस्यौदाहरू लिए र त्यसको ठ्याक्कै अठार दिन पछि २८ जुन २०२१ का दिन नेपाल थामी समाजको फेसबुक पेजमार्फत थामी_नेपाली_शब्दकोशको नाम राखेर विभिन्न व्यक्तिको नामसहित एक शब्दकोष बाहिर पब्लिकमा ल्याएको कुरा पनि यहाँहरू सम्पूर्णलाई अवगतै छ र हाम्रो शब्दकोश पनि द्वैभाषिक शब्दकोश नै होन।

यानिकि #थामी_नेपाली_शब्दकोष त्यो पोस्ट पनि केही समय नबित्दै फेसबुक पेजबाट डिलिट गरिएको कुरा पनि सबैलाई अवगतै छ । अहिलेसम्म नेपाल थामी समाजले शब्दकोषको लागि कुनै खोज अनुसन्धान गरेको वा खोजेको वा त्यसको प्रकृयामा रहेको कोही कसैलाई जानकारी नै छैन । त्यसो भए यो शब्दकोष कसरी प्रकाशन गरे ?जो व्यक्तिहरूको नाम यो शब्दकोषमा छ तिनीहरूले कहीँ कतै शब्द सङ्कलन गरेको जानकारी नै छैन। त्यसो भए कसरी उनीहरू खोज अनुसन्धान कर्ता भएर शब्दकोषमा उनीहरूका नाम छाप्पिए? जब भाषा आयोगबाट हाम्रो तयारी मस्यौदा लिए त्यसको १८ दिनमा त प्रकाशन मात्र हैन, विमोचन गरेर पनि वितरण गर्न भ्यायाउने समय हो।

photo 2021 08 15 10 18 44

तसर्थ कहीँ हाम्रो शब्दकोष बागमती प्रदेशबाट परेको २२ लाख बजेट निकासा गर्नको लागि नै आक्रमक तवरले प्रस्तुत भई त्यही शब्दकोष छापिएको कुरो सुकबीर थामिले सुईकार गरे ? २८ जुनमा बाहिर ल्याइएको शब्दकोष अहिले अगस्टसम्म पनि विमोचन नगर्नूको पछाडिको कारण कतै यो शब्दकोष रमेश थामीको हातमा पुग्छ कि भनेर त होइन? नत्र यति लामो समयसम्म विमोचन नगर्नुको पछाडिको कारण के हुन सक्छ? भनी फेसबूकमा हल्ल खल्ल हुदै गर्दा सुकबिर थामिले चोरेको कुरो स्वृकारे किना चोरेको भने हाम्रो शब्दकोषको काम नै सकेको छैन भाषा आयोग ले Apps मा हालेको छैन हामिले बुक निकालेर बिमोचन गर्ने सुरसारमा थियौ । किताब बिमोचन भए भने पो साभार गर्ने हो अबैधानिक नेपाल थामी समाजले अवैधानिक काम गरेको छ।

शुकवीर थामीको नाममा अघिल्लो आर्थिक वर्षमै भाषा आयोगका आदरणीय सचिव लक्ष्मी प्रसाद भट्टराई सरले पत्र काट्नु भएको थियो । त्यो पत्र हामी सँग सुरक्षित छ । पैसा आयो भन्दैमा अरुको शब्दकोष चोरेर लुकेर २२ लाख पचाउने हो ? हाम्रो शब्दकोष विमोचन भएको खै ?विमोचन नगरी सार्ने लाई चोर नभनी के भन्ने ??

लेखक : मदन थामी

photo 2021 08 15 10 18 38

कमेन्टहरु